आरएमडीसी लघुवित्तले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने

  २०७५ असोज २८ गते १३:१०     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, संस्थाले सेयरधनीलाई कर सहित १० प्रतिशत नगद लभांश दिने प्रस्ताव राखेको छ ।

संस्थाको हालै सम्पन्न बैठकले चुक्ता पुँजीको ७ करोड २६ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ७२ करोड ६७ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात ७९ करोड ९३ लाख रुपैयाँ पुग्ने छ ।

समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.