काष्ठमाण्डप पुर्ननिर्माणका लागि महानगरपालिकाले दियो पाँच करोड

  २०७५ असोज २७ गते १६:४४     विकासन्युज

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले भत्किएको काष्ठमाण्डप पुर्ननिर्माण महानगरपालिककै खर्चमा गर्ने बताउनु भएको छ । हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मेयर शाक्यले काष्ठमाण्डप पुननिर्माण समितिलाई काष्ठमाण्डप पुर्ननिर्माणका लागि आज पाँच करोडको चेक हस्तान्तरण गर्दै बाँकी रकम विस्तारै दिदैँ जाने बताए ।

मेयर शाक्यले काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । काष्ठमाण्डप पुननिर्माणका लागि करीब १८ करोड लाग्ने भन्दै मेयर शाक्यले सो रकम कसैसँग पनि सहयोग नमाग्ने बताए । काष्ठमाण्डप पुननिर्माण तीन तलाको हुने काष्ठमाण्डप पुननिर्माण समितिले जानकारी दिएको छ । मेयर शाक्यले आगामी असार मसान्तासम्ममा कम्तीमा एक तला पुर्ननिर्माणको काम सम्पन्न गर्ने पनि दाबी गरे ।

‘हामी आगामी असार मसान्तासम्ममा कम्तीमा एक तल्ला पुर्ननिर्माण सम्पन्न गर्नेछौँ,’ चेक हस्तान्तरणपछि मेयर शाक्यले भने, ‘काठमाडौँ हनुमानढोका दरबार क्षेत्र संघीय राजधानीमा रहेको ऐतिहासिक–सांस्कृतिक नगरी हो । मुलुककै सर्वाधिक सम्पदास्थलहरु रहेको यो क्षेत्रको संरक्षण गर्नु हामी सबैको दायित्व पनि हो ।’

उनले काष्ठमाण्डप पुर्ननिर्माणका लागि कसैसँग सहयोग नमाग्ने पनि दाबी गरे । धेरैले सहयोगका लागि तत्परता देखाए पनि आफूहरुले स्वीकार नगरेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.