गरिमा विकास बैंकको १३ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी २ अर्ब ७८ करोड पुग्याे

  २०७५ असोज २६ गते १८:१६     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले प्रस्ताव गरेको १३.७५ प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको १२औँ वार्षिक साधारणसभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम बैंकले अब सेयरधनीलाई १० प्रतिशत बोनस र कर सहित ३.७५ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने भएको छ ।

त्यसैगरी, उक्त साधारणसभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । गत असोज १२ गतेसम्म कारोबार गरेका विकास बैंकका सेयरधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.