दशैको रौनकलाई ८ तस्बिरमा हेर्दा !

  २०७५ असोज २६ गते १७:४४     प्रकाश देवकोटा

काठमाडौको असनस्थित बजारमा दशैका लागी किनमेल गर्नेहरुको भीड

काठमाडौ ।  हिन्दूहरुको महान पर्व दशै नजिकीँदै गर्दा काठमाडाैं बाहिरिनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।  नयाँ लुगा लगाउने, मिठो मिठो परिकार बनाएर खाने, सबै आफन्त भेला हुने र आफु भन्दा ठूलासंग आर्शिवाद लिई दशै मनाउने चलन छ ।

आफनो कामसंग रमाउदै युवा व्यापारी

अहिले प्राय सडकदेखि मलसम्म सबै स्थानमा व्यापारको रौनक छाएको छ । दशैमा बिशेष गरी माता दुर्गाको पुजा गरिन्छ । दशैमा हिन्दु धर्मालम्वीहरु आफनो घर सफा गर्ने, सजाउने कुरामा बिशेष ध्यान दिने गर्छन । सर्वसाधारणहरुले आफनो धेरै जस्तो समय किनमेलमा बिताउने गर्छन । दशैको बिदामा साना बच्चाहरु चंगा उडाउनुका साथै बिभिन्न खेल खेलि रमाउने गर्छन ।

दशैको छुट्टीमा टुडिखेलको चौरमा चंगा उडाउदै साना बाबुहरु

न्युरोडस्थित मलमा दशैका लागी सामान हेर्दै सर्वसाधारण

कोही लुगा छान्दैमा व्यस्त, कोही लुगा बेच्दैमा व्यस्त ।

चंगामा धागो बाध्न सिक्दै,सिकाउदै दुई साथी ।

दशैका लागी लूगा छान्दै महिला दिदी बहिनीहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.