एनसीसी बैंकको ४० प्रतिशत हकप्रद सेयरलाई आवेदन परेन, ९९ लाख कित्ता लिलामीमा जाने

  २०७५ असोज २६ गते १४:१७     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले निष्काशन गरेको हकप्रद सेयरमा ६० प्रतिशतलाई मात्र आवेदन परेको छ । बाँकी ४० प्रतिशत लिलामीमा जाने भएको छ ।

एनसीसीले चुक्ता पुँजी बढाउन निष्कासन गरेको २ अर्ब ३३ करोड ९५ लाख २९ रुपैयाँको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता मध्ये १ अर्ब ३५ करोड रुपैयाँलाई मात्र आवेदन परेको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । अझै विवरण आउन बाँकी भएकाले केही थप हुने संभावना रहेको क्यापिटलले जनाएको छ । पहिलो चरणमा न्युन आवेदन परेपछि १५ दिन म्याद थप गरिएको थियो ।

बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ पुग्नेछ । राष्ट्र बैैंकले तोकेको न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बैंकलाई अझै ९९ करोड अपुग हुने देखिन्छ ।

यस्तै ३८ लाख कित्ता संस्थापक हकप्रद सेयर बिक्री भएको छैन। एनबी ग्रुपले आवेदन नदिएपछि संस्थापक हकप्रद सेयर बिक्री नभएको हो । संस्थापक हकप्रद सेयर खरिद गर्न कर्मचारी संचय कोषले चासो देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.