जम्मा एक मिसकल गर्नुहोस्, आफ्नो खाताको बारेमा जान्नुहोस्

  २०७५ असोज २६ गते १३:२१     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मिसकल बैंकिङ् सेवा सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत ग्राहकहरुले बैंकले उपलब्ध गराएका विभिन्न मोवाईल नम्बरहरुमा मिसकल दिएर आफ्नो खाताको बारेमा जानकारी लिन सकिनेछ ।

ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ् सेवा ग्लोबल स्मार्टमा आवद्ध बैंकका ग्राहकहरुले उपभोग गर्न मिल्ने यो सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो खातामा रहेको मौज्दात रकमको बारेमा जानकारी लिन ९८०१२३१२९४ नम्बरमा, खाताको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९५ नम्बरमा, आफ्नो मोबाइलमा १०० रुपैयाँ टपअप गर्न ९८०१२३१२९६ नम्बरमा, क्रेडिट कार्डको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९७ नम्बरमा, आफुले बैंकमा बुझाउनुपर्ने कर्जाको किस्ता रकमको बारेमा जानकारी लिन ९८०१२३१२९८ नम्बरमा र बैंकले प्रदान गर्ने विभिन्न कर्जाहरुको बारेमा जानकारी लिन ९८०१२३१२९९ नम्बरमा मिसकल दिन सक्नेछन् ।

ग्राहकहरुले माथि उल्लेखित फोन नम्बरहरुमा डायल गरेपछि उक्त नम्बरहरुमा १ घण्टी जाने र आफैँ फोन काटिने छ । त्यसपछि बैंकले ग्राहकले बुझ्न चाहेको जानकारी मोबाइलमा म्यासेज मार्फत पठाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.