अपांगता मैत्री भ्यान सेवा सुरु

  २०७५ असोज २५ गते २१:४८     विकासन्युज

काठमाडौं । अपांग मैत्री भ्यानको सेवा आरम्भ भएको छ । नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले एक समारोहका बीच अपांगतामैत्री भ्यानको सेवा आरम्भ गरेका हुन । अपांगता भएका व्यक्तिहरूका लागि स्वालम्बन जीवन पद्धति केन्द्र काठमाडौं (सिआइएल) ले टोयोटा हायस भ्यानमा हाइड्रोलिक लिफ्ट जडान गरी अपांगता मैत्री बनाएको हो । अपाङ्गता भएका व्यक्तिहरु निर्बाध रुपमा आफुले चाहेको स्थानमा आवतजावत गर्न सहज होस भन्ने उदेश्यका साथ उक्त भ्यानमा हाइड्रोलिक लिफ्ट जडान गर्न अष्ट्रेलियन स्वयंसेवक कार्यक्रम, अष्ट्रेलियन राजदूतावास मार्फत करिब ८ लाख सहयोग प्राप्त भएको थियो ।

उक्त समारोहमा अष्ट्रेलियन राजदूतले अपांगतामैत्री भ्यान नेपालको पहिलो भएको र यसले अपांगता भएका व्यक्तिहरूको आवागमनको अधिकारलाइ थोरै भएपनि सुनिश्चत गर्ने बताए । उनले नेपालमा अपांगतामैत्री पर्यटन प्रबर्धन गर्नमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।
त्यसैगरी अर्का वक्ता मुकुन्द दाहालले उक्त भ्यान नमूनाको रूपमा हुने र यस्तो प्रविधिलाइ विस्तार गर्नु पर्ने बताए । अर्का वक्ता सूर्यभक्त प्रजापतिले यसको दीगोपनामा ध्यान दिनु पर्ने कुरा बताए ।

अपांगतामैत्री पर्यटन प्रबर्धनमा लामो समय देखि लागेका पर्यटन कर्मी पंकज प्रधानाङ्गले नेपालमा आउने अपांगता भएका व्यक्तिहरूलाइ सहज हुने बताए । हालसम्म अपांगता भएका पर्यटकहरूले नेपालमा यातायातमा समस्या भएको कारण खुशी हुन नसकेको, नेपालमा अपांगतामैत्री यातायात नहुँदा लज्जित हुनु परेको बताए ।

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष गणेश केसीले भ्यानलाइ सहयोग गर्ने कोरियाको इन्डिपेन्डेन्ट लिभिङ सेन्टर र अष्ट्रेलियन स्वयंसेवक कार्यक्रमलाइ धन्यबाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.