नेट टिभीले सार्वजनिक गर्यो दशैँ अफर, सित्तैमा टिभी हेर्न पाइने

  २०७५ असोज २५ गते १८:३०     विकासन्युज

काठमाडौं । नेपालको पहिलो लाइभ टेलिभिजन एप नेट टिभी मोबाइल एपले दशैँ अफर सार्वजनिक गरेको छ । नेट टिभीले दशैंको अवसरमा “चाडपर्वको लहर नेट टिभीको एकमा एक अफर” ल्याएको छ । यो अफर अनुसार एक महिनाको प्रिमियम प्याकको खरीदमा अर्को एक महिना सित्तैंमा टिभी हेर्न पाइनेछ ।

नेटटिभीले दशैंको अवसर पारेर नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरु प्रदर्शन गराउने भएको छ । २४ रुपैया ९९ पैसादेखि निःशुल्क सम्म नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरुको मज्जा सेवाग्राहीले नेट टिभीको एपमा लिन सक्नेछन् ।

स्मरणीय के छ ? नेटटिभी नेपालको पहिलो ओटीटी हो । यसबाट लाइभ स्ट्रिमिङ, चलचित्र, गीतलगायत १५० बढी च्यानलहरु एकै स्थानमा हेर्न सकिन्छ । नेटटिभी न्यू आइटी भेञ्चरले सार्वजनिक गरेको हो ।

न्युआइटी भेञ्चर कर्पोरेशनले टेलीकोस, आईएसपी, आतिथ्य र प्रसारणकर्ताको इन्ड टु इन्ड आईपीटीभी र ओटीटीको साथै मोबाइल टिभीको प्लेट फर्म प्रदान गर्दछ । एनआईटिभीले विश्वका अग्रणी मिडिया र प्राविधिककम्पनीको साथ साझेदारी गरिरहेको छ । त्यस्तै विभिन्न समुदायआधारित ओटीटी, आईपीटीवी प्लेटफर्म र स्वयम्आईपीटीभी हेड इन्ड संचालन गर्दछ ।

एनआईटिभी कर्पोरेशनको प्रस्तुति रहेको करीब १० लाखको हाराहारीमा उपभोक्ता रहेको नेटटिभी गुगल प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.