गण्डकी विकास बैंकको २ शाखा ताप्लेजुङ् र महोत्तरीमा

  २०७५ असोज २५ गते १८:१६     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन २ शाखा ताप्लेजुङ् र महोत्तरीमा उद्घाटन गरेको छ । ताप्लेजुङ् स्थित फुङलिङ शाखाको उद्घाटन फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल र महोत्तरी जिल्ला स्थित बर्दिबास शाखाको उद्घाटन बर्दिबास नगरापालिकाका मेयर विदुरकुमार कार्कीले गरेका छन् ।

हालसम्म बैंकले ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा दिइरहेको छ । साथै, बैंकले एबीबीएस, एटीएम, सीआश्वा, आईपीएस, मोबाइल बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालयबाट सेवा दिँदै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.