सेनाको एक्लो प्रयासले मात्रै भ्रष्टाचार अन्त्यको सम्भव छैन : प्रधानसेनापति थापा

  २०७५ असोज २५ गते १७:००     विकासन्युज

काठमाडौं । ‘सेनाभित्र भ्रष्टाचार छ र केही पक्षमा सुधार पनि गर्नुछ’ । तर, ‘सेनाको एक्लो प्रयासले मात्रै त्यो सम्भव छैन’ प्रधानसेनापति पूर्णचन्द्र थापाले भने । सेनाको भर्ना छनौट बेलामा आर्थिक चलखेलदेखि शान्ति सेनाको विषयसम्ममा विभिन्न कुरा उठ्ने गरेको उल्लेख गर्दै उनले भने, ‘त्यसको जरो पहिल्याएर कारबाही सुरु हुन्छ ।’

थापाले विखण्डनकारी समूहको नेपाली सेनाले सुक्ष्म अध्ययन गरिरहेको बताएका छन् । भोलि कस्तो परिस्थिति निर्माण हुनसक्छ भन्ने बारेमा सेना चनाखो रहेको पनि उनले बताए । बिहीबार आर्मी क्लबमा आयोजित दशैंको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘अहिले विखण्डनकारी समूहको गतिविधिलाई राज्यले प्रहरी प्रशासनको क्षमताभित्रको विषय ठानेर होला, हाम्रो डोमेनमा यो पर्दैैन । यद्यपि, सुक्ष्म निगरानी गरिरहेका छौं । राज्यले आवश्यक ठाने सेना तयार छ ।’

उनले यस्ता विषयको समाधान राजनीतिक तहबाटै हुनु पर्ने धारणा व्यक्त गरे । ‘समाधानका अन्य विकल्पहरु पनि राज्यसँग हुन्छन् । सेना संविधानले दिएको आफ्नो भूमिकामा जिम्मेवार छ,’ उनले भने । सेनाले संविधानद्वारा निर्र्देिशत दायित्व मात्रै निर्वाह गर्ने उल्लेख गर्दै थापाले त्यही अनुसार सेनालाई उभ्याउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.