नेपाल इन्भेष्टमेण्ट बैंकको मास्टरकार्ड सञ्चालनमा, कारोबार गरेबापत रकम पाइने

  २०७५ असोज २५ गते १६:५९     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले मास्टरकार्डसँग सहकार्य गरी मास्टर डेविट कार्डको सुरुवात गरेको छ । बैंकले मास्टरकार्डको सहकार्यमा आन्तरीक तथा बाह्य बजारलाई लक्षित गरी दुई प्रकारको कार्ड प्रयोगमा ल्याएको हो ।

स्थानीय(डोमेस्टिक) कार्ड नेपाल लगायत भारतमा समेत प्रयोग गर्न सकिन्छ भने अन्तर्राष्ट्रिय(इन्टरनेशनल) कार्ड विश्वभर प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

एनआईबीएल मास्टरकार्डको उद्घाटनसंगै बैंकले तीन महिनासम्म आफ्ना ग्राहकहरुलाई निशुल्क कार्ड जारी गर्ने भएको छ । साथै, यस्तो मास्टर कार्डबाट कारोवार गरेवापत नगद फिर्ता भुक्तानी पनि उपलब्ध गराउने योजना बैंकले ल्याएको छ । यसका लागि भने केहि शर्तहरु लागू हुने बैंकले जनाएको छ ।

त्यस्तै, एनआईबीएल माष्टर कार्डले आर्थिक कारोवार गर्न सहयोग पुर्याउने बैंकको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.