सुन्धारामा खुल्यो मोबाइल हब, दशैँ धमाकामा ६० प्रतिशत छुट

  २०७५ असोज २५ गते १५:४३     विकासन्युज

काठमाडाँै । दशैंको पूर्वसन्ध्यामा काठमाडौंको सीटीसी मलमा नयाँ मोबाइल गन्तव्य सुरु भएको छ । सुनधारास्थित सिभिल ट्रेड सेन्टरको भुई तल्लामा बिहीबारदेखि सञ्चालनमा आएको सिटिसी मोबाइल हबले भारी छुट सहित मोबाइल मेला समेत सञ्चालन गर्ने भएको छ ।
औपचारीक सुरुवातसँगै मोवाइल हबले असोज ३१ गतेसम्म दशैको धमाका मोबाइल मेला सञ्चालन गर्न लागेको हो । दशै धमाकामा मोबाइ खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुट पाउनेछन् । त्यसका साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर पनि राखिएको छ ।


सिटिसि मोबाइल हबमा सुन्य प्रतिशत किस्ताबन्दी तथा व्याजदरमा मोबाइल खरिद गर्न सकिन्छ । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिने आयोजकले जनाएको छ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोवाइल बितरण पनि गरिने भएको छ


पार्किङको अभावले आजित बनेका राजधानीबासीलाई मोबाइल किन्न वा मर्मत गर्न मोबाइल हब जाँदा निशुल्क पार्किङ पर्याप्त मात्रामा रुपमा उपलब्ध हुनेछ । मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । एमआइ, आइफोेन, सामसङ, सोनी, जियोनी, ओप्पो, एचटिसी, जेडटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो, ओबिआइ लगायत ब्राण्डका टच एण्ड फिल काउन्टर समेत मोबाइल हबमा रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.