माछापुच्छ्रे बैंकको थप ४ शाखा रहित बैंकिङ् सेवा, रियल टाइममानै खाता खोल्न मिल्ने

  २०७५ असोज २५ गते १४:२३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले तनहुँ र खोटाङ्मा ४ शाखा रहित बैंकिङ् सेवा संचालनमा ल्याएको छ । बैंकले तनहुँको बन्दिपुर गाँउपालिका, खोटाङ्को रुपाकोट मझुवागढिनगरपालिका, खोटा खोटाङ्को च्यास्मीटार र धितुङ्मा उक्त सेवा संचालनमा ल्याएको हो ।

बैंकले तुरुन्त (रियल टाइममा) खाता खोल्न मिल्ने गरी उक्त ४ स्थानामा सेवा विस्तार गरेको हो । यो सहित बैंकको हालसम्म ३३ शाखा रहित बैंकिङ् सेवा सञ्चालनमा आइसकेका छन् ।

बैंकले उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.