नागीडाँडा विमानस्थल कमिसनको चक्करमा, माधव नेपालले भने- यो योजना बन्द गर्नुपर्छ

  २०७५ असोज २५ गते १३:५२     विकासन्युज

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्तावित नागीडाँडा विमानस्थल बनाउने योजना कमिसनको चक्करमा अगाडि बढेको बताएका छन् । उनले उक्त योजना अगाडि बढाउन नहुने तर्क अगाडि सारेका छन् ।

बिहीबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले नागीडाँडा विमानस्थल बनाउने योजना बन्द गर्नु पर्ने बताए । निजगढ विमानस्थल बारे अध्ययन गर्न गठन भएको संसदीय उपसमितिको संयोजकको हैसियतमा बोल्दै नेपालले आन्तरिक विमानस्थल र अन्तराष्ट्रिय विमानस्थल एकै ठाउँमा हुनुपर्ने बताए ।

‘कुनै पनि देशबाट आएको यात्रु अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ओर्लिएर पोखरा, विराटनगर, धनगढी अन्य कुनै शहर जानु पर्दा लामीडाँडा जानुपर्ने गरी विकासका योजना बनाउनु कमिसनको चक्कर बाहेक अरु केही होइन’ पूर्वप्रधानमन्त्री नेपालले भने-‘संसारमा कुनै पनि देशमा अन्तराष्ट्रिय विमानस्थलसँगै आन्तरिक विमानस्थल हुन्छ, नेपालमा किन अलग गर्न खोजिदैछ ?’

उनको भनाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीप्रति लक्षित थियो । मन्त्री अधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्ने योजना अगाडि सारेका हुन् ।

उनले काभ्रेको नागीडाँडा विमानस्थल बनाउन स्थलगत अध्ययन समेत गरेका थिए । उक्त विमानस्थल निर्माणको काम शुरु गर्न तत्काल २५ करोड बजेट पनि छुट्याइएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.