सानिमा लाईफ इन्स्योरेन्सले एकैदिन खोल्यो तीन नयाँ शाखा

  २०७५ असोज २५ गते १३:२३     विकासन्युज

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले एकैदिन तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले बिहीबार चावहिलकोे चुच्चेपाटी, कोटेश्वरको तिनकुने र काठमाडौंको सुन्धारामा शाखा उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।

कम्पनीका संचालक घनश्याम थापा, जीवा लामिछाने र सदभावना दुत कलाकार स्वस्तिमा खड्काले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । कम्पनीले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने उद्देश्यले उक्त स्थानमा थप कार्यालय विस्तार गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.