फोर्डले गर्‍यो एकै दिनमा १०० वटा गाडीहरु हस्तान्तरण

  २०७५ असोज २५ गते ११:०९     विकासन्युज

काठमाडौं। गो फोर्डले आफ्ना ग्राहकवर्गको माग उच्च तवरले पूरा गर्न एकै दिनमा आज १०० वटा नयाँ गाडीहरु आफ्ना ग्राहकवर्गहरुलाई हस्तान्तरण गरेको छ । आफ्ना ग्राहकहरुले यो चाडपर्व फोर्डको नयाँ गाडीसँग मनाउन पाओस् भन्ने उद्देश्यले एकै दिनमा १०० वटा नयाँ गाडीहरु हस्तान्तरण गरेको हो ।

बजारमा फोर्ड गाडीको उच्च माग छ र घटस्थापनाको शुभ दिनमा हामीले नेपालभरीका आफ्ना डिस्ट्रिव्यूटर्सहरुको माध्यमबाट १०० वटा गाडीहरुको हस्तान्तरण गरेका छौ, जसमध्ये १० वटा विराटनगर, ४ वटा पोखरा, ३ वटा नारायणघाट, ६ वटा वुटवल, १५ वटा नेपालगंज, ३ वटा धनगढी, ८ वटा विर्तामोड, १ वटा दांग, २ वटा बनेपा, ३ वटा जनकपुर, ४ वटा भैरहवा, १० वटा वीरगंज र ३१ वटा काठमाडौमा हस्तातरण गरिएको छ ।

ग्राहकहरुले फोर्ड गाडीको खरिदमा फोर्ड फेस्टिभ अफर मार्फत उपहारहरु पनि पाएका छन् । यस अफरमा ग्राहकवर्गले फोर्ड गाडीको खरिदमा विशेष नगद छुटको साथै रु. ५०,००० देखि रु. २,५०,००० बराबरको पक्का उपहार पाउने छन् । साथै बम्पर लक्की ड्र मार्फत ५ भाग्यशाली जोडीले स्वीट्जरल्याण्ड मा ४ रात ५ दिनको टूर प्याकेज जित्ने अवसर पनि पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.