कमलादीमा २ अर्ब लगानीमा दक्षिण एसियाकै सबैभन्दा ठुलो शीसाको स्काई टावर निर्माण हुदै

  २०७५ असोज २५ गते ९:५३     विकासन्युज

काठमाडौं । निजी लगानीमा दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ नेपालमा निर्माण हुने भएको छ । उक्त टावर वण्डर्स नेपालले निर्माण गर्न लागेको हो ।

टावर २५ तल्ले शीसाको हुने छ । शिसाको टावर बनाउन कम्पनीले सरकारसंग २३ वर्षका लागि जग्गा भाडामा लिइसकेको छ । शिसाको टावर सञ्चालनमा आएको ५ वर्षमा कर्जा भुत्तानी सक्ने छ । त्यसपछि लगानीकर्तालाई न्युनतम ३० देखि ७० प्रतिशत लाभांश दिने जानकारी दिएको छ ।

काठमाडौँको कमलादीस्थित शान्तिकुञ्जमा रहेको १३.२ रोपनी जग्गामा टावर बन्ने छ । टावर बनाउन २ अर्ब रुपैयाँ लाग्ने वण्डर नेपालले जनाएको छ । आउदो ३ वर्षमा निर्माण सम्पन्न हुने योजनासहितको उक्त परियोजनाकोे सार्वजनिक गरिएको थियो ।

वण्डर्स नेपालका अध्यक्ष इञ्जिनियर आकर्षण पोखरेलले टावर बनेपछि सगरमाथा र बुद्धको देश भनेजस्तै दक्षिण एशियाकै पहिलो स्काई टावरको परिचय नेपालले पाउने दाबी गरे । कम्पनीले नेपालका विभिन्न १० स्थानमा स्काईवाकको निर्माण र सम्भावनाबारे अध्ययन गरी काठमाडौँको कमलादीलाई रोजेको हो । उक्त टावर १०० मिटरको हुनेछ भने त्यहाँ सुविधासम्पन्न पार्किङसहितका व्यावसायिक कम्प्लेक्स निर्माण गरिनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.