लक्ष्मी ग्रुपले लियो एसएमएल इसुजुको आधिकारीक बिक्रेता, व्यवसायिक सवारी बिक्रीमा आक्रामक बन्दै

  २०७५ असोज २५ गते ९:३२     विकासन्युज

काठमाडौं । जापानको मोटर उत्पादक कम्पनी एसएमएल इसुजुले नेपालको लागि आधिकारीक बिक्रेतामा गोल्डफिश इन्टरनेशनल कम्पनीलाई नियुक्त गरेको छ । गोल्डफिश इन्टरनेशनल लक्ष्मी समूह अन्तर्गत अटाेमाेवाइल ट्रेडिङ कम्पनी हो ।

एसएमएल इसुजुले गोल्डफिश इन्टरनेशनल नेपालको आधिकारीक बिक्रेता नियुक्तीसँगै उत्कृष्ट उत्पादन र उत्कृष्ट सेवा दिने बाँचा गरेको छ । त्यस्तै लक्ष्मी समूहले उपभोक्ताहरुलाई खोजेको जस्तै विश्वसतरीय उत्पादन तथा गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ ।

नेपालको बाटोको अवस्थालाई ध्यानमा राखी एसएमएल इसुजुले विभिन्न थरीका आधुनिक बस, ट्रक, स्कुल बस, निजी बस, टिपरहरु लिएर आएको गोल्डफिश इन्टरनेशनलले जनाएकाे छ । लक्ष्मी समूह अन्तरगतको लक्ष्मी प्रिमियम मोटर र गोल्डफिश इन्टरनेशनलले व्यापारिक प्रायोजनका सवारी बिक्री वितरण गर्दै आएको छ ।

एसएमएल इसुजुले व्यवसायिक प्रायोजनको लागि गाडी उत्पादन गर्दै आएको ३३ वर्ष भन्दा बढी भएको छ । एसएमएल इसुजु उत्पादन र प्रविधिमा सीमित मात्र नभई, आफ्नो संगठनमा नौलो किसिमको संस्कृति र मुल्यमान्यता बनाउँदै आएको छ, जसले नेपाली बजारमा विश्वासको साथ अगाडि बढ्न सक्षम हुने विश्वास लक्ष्मी समूहले लिएको छ ।

पछिल्लो दशकमा लक्ष्मी समूहले उद्योग, व्यापार र सेवाको क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ । यस समूह अन्तर्गत दर्जन भन्दा बढी कम्पनीहरु पर्दछन् । यस समूहले अटोमोबाईल क्षेत्रमा एक भिन्न परिचय बनाउनका लागी कम्पनीले धेरै पहिलेदेखि अटोमोटिभस् डिभिजन सुरु गर्दै आइरहेको छ ।

लक्ष्मी समूह अन्तरगतको लक्ष्मी इन्टरकन्टिनेन्टल नेपालको अटोमोवाईल क्षेत्रको अग्रणी कम्पनी हो । यस कम्पनी हुण्डाई मोटरको नेपालका लागि आधिकारी बिक्रेता हो । यस कम्पनीले आईएसओ ९००१ः२०१५ समेत पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.