एभरेष्ट बैंक र दक्षिण कोरियाकाे फिन सर्टबीच रेमिट्यान्स सम्झौंता

  २०७५ असोज २४ गते १८:४२     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र दक्षिण कोरियाली मनिट्रान्स्फर अपरेटर फिनसर्ट आईनकर्पोरेट बीचमा रेमिट्यान्स सम्झौंता भएको छ । उक्त सम्झौंता पत्रमा बैंकका अधिकारी र फिनसर्टका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात दक्षिण कोरियाबाट एभरेष्ट बैंकमा रेमिट्यान्स पठाउन सजिलो हुने छ ।

क्वाइन सर्ट एउटा रजिस्टर्ड अनलाईन प्रडक्ट हो र यसले फिनसर्टबाट सेवा प्रदान गर्ने छ । जसलाई सजिलै वेभसाइट तथा मोवाइल एप्लीकेशनमा पाउन सकिन्छ । एन्ड्रोइड तथा आईओएस दुबै डिभाइसमा उक्त एपलिकेसन रहेको छ ।

कुनैपनि रेमिट्यान्स पठाउने मानिसले क्वाइसर्टमा रजिस्टर हुनुपर्ने छ, त्यसपछि क्वाइसर्टले एभरेष्ट बैंकको मार्फत नेपालमा रेमिट्यान्स पठाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.