हलेसी डेकोरको नयाँ सोरुम चक्रपथमा, काठका फर्निचर तथा सोफाहरुका सम्पूर्ण रेन्ज पाइने

  २०७५ असोज २४ गते १३:२५     विकासन्युज

काठमाडौं । फ्लोरिङ्ग, फर्निसिङ्ग तथा फर्र्निचरको सोरुम, हलेसी डेकोरले आज(बुधबार)देखि महाराजगंज, चक्रपथमा नया“ सोरुम सञ्चालनमा ल्याएको छ । ९ वर्ष अगाडि चावहिलबाट शुरु गरेको हलेसी डेकोरले उक्त नयाँ स्थानबाट पनि गुणस्तरीय क्वालिटी, उचित मूल्य तथा भरपर्दो सेवा दिने बताएकाे छ ।

कम्पनीका अनुसार ग्राहकले अब एउटै छाना मुनि नेपाली तथा बिदेशी ब्राण्डका सबै फर्निसिङ्गका सामानहरु आफ्नो ईच्छानुसार रोज्न पाउने तथा उचित मूल्य र गुणस्तरीय सामान पाउने छन् ।

हलेसी डेकोरले आफै उत्पादन गरेको काठका फर्निचर तथा सोफाहरुका सम्पूर्ण रेन्ज यस शाखामा हुने छन् । साथै, आन्तरिक गृह सज्जा कसरी गर्ने भने ईन्टेरियर डेकोरेसनको सेवा पनि यस शाखाबाट प्रदान गरिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.