भारतमा बैंक अफ बरौडा, विजय र डिना बैंकको असोज ३१ गते मर्जर हुदै, तेस्रो ठुलो बैंक बन्नै

  २०७५ असोज २३ गते २०:०३     विकासन्युज

एजेन्सी । भारतका ३ वटा वाणिज्य बैंक एकआपसमा गाभिने (मर्जर) भएका छन् । ३ वटै बैंकको सञ्चालक समितिले स्वीकृति प्रदान गरेपछि मर्जरमा जाने निश्चित भएको हो । असोज ३१ गतेदेखि एकिकृत बैंकिङ कारोबार गर्ने भएका छन् ।

मर्जरमा जानेमा बैंक अफ बरोडा, विजय बैंक र डिना बैंक रहेका छन् । यी ३ वटा बैंक गाभिएपछि पुँजीगत आधारमा भारतको तेस्रो ठुलो बैंक हुने भएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । ३ वटा बैंकलाई गाभेर मजवुत बनाउन सरकारले मर्जरमा लैजान लागेको हो ।
बरौडा र विजय बैंक मजवुत डिना बैंक कमजोर रहेको छ । यी मध्ये डिनाको खराबकर्जा अनुपात ११ प्रतिशत बरौंडाको ५.४ र विजयको ४.१ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.