सिटिसी मलमा शुरु भयो नयाँ मोबाइल गन्तव्य, खरिदमा ६० प्रतिशतसम्म छुट

  २०७५ असोज २३ गते १७:४०     विकासन्युज

काठमाडौं । राजधानीको सिटिसी मलमा नयाँ मोबाइल गन्तव्य शुरु हुने भएको छ । बिहीबारदेखि सञ्चालनमा अाएकाे सिटिसी मोबाइल हबले भारी छुट सहित मोबाइल मेला समेत सञ्चालन गर्दैछ ।

औपचारिक सुरुवातसँगै मोवाइल हबले असोज ३१ गतेसम्म दशैको धमाका मोबाइल मेला सञ्चालन गर्न लागेको हो । दशै धमाकामा मोवाइल खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुट पाउनेछन् । त्यसका साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर पनि राखिएको छ ।

सिटिसी मोबाइल हबमा शून्य प्रतिशत किस्ताबन्दी तथा व्याजदरमा मोबाइल खरिद गर्न सकिन्छ । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिनेछ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्राण्डका मोबाइल वितरण गरिनेछ ।

नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आउन लागेको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिल जोनको सुबिधा उपलब्ध हुनेछ । नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सिर्भस सेण्टर मोबाइल हबमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.