१६० करोड लगानीमा दाङमा गजराज सिमेन्ट स्थापना, दैनिक १८ सय टन उत्पादन

  २०७५ असोज २३ गते १४:५२     विकासन्युज

लमही । दाङमा नयाँ सिमेन्ट उद्योगले उत्पादन शुरु गरेको छ । दाङको घोराहीबाट सगरमाथा सिमेन्ट र दूधरासबाट सोनापुर सिमेन्ट उत्पादन हुँदै आएको छ । अहिले लमहीबाट गजराज सिमेन्ट उत्पादन शुरु भएको छ ।

लमही नगरपालिकाबाट सिमेन्ट उत्पादन थालेको उद्योगका प्रबन्ध निर्देशक वासु पाण्डेले जानकारी दिए। उत्पादन आसपासका नागरिकको स्वास्थ्यलाई कुनै असर नपर्ने गरी उद्योग सञ्चालनमा ल्याएको उनले जानकारी दिए।

दैनिक १ हजार ८०० टन सिमेन्ट उत्पादन क्षमता भएको उद्योग स्थापना गर्न १ अर्ब ६० करोड रुपैयाँको लगानी भएको पाण्डेले बताए । उद्योगले दाङको काभ्रे, लोहरपानी, स्यूजा, रोल्पाको डुब्रिङ र प्यूठानको रम्दीबाट चुनढुङ्गा ल्याउने गरेको छ । यस्तै उद्योगले क्लिङ्गर तत्कालका लागि सोनापुर सिमेन्ट उद्योग र भारतबाट ल्याउने गरेको पाण्डेले जानकारी दिए ।

सिमेन्ट उद्योगले गजराज र सम्राट ब्राण्डका पिपिसी र ओपिसी सिमेन्ट उत्पादन गर्ने उद्योग प्रशासनले जनाएको छ । जर्मन प्रविधिको मेसिनले सिमेन्ट उत्पादन थालेको उनको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.