काठमाडौं ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गर्न दवाव, उनको स्थानमा वामदेव गौतमलाई ल्याइने

  २०७५ असोज २३ गते १२:४४     विकासन्युज

काठमाडौं । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलाई पदबाट राजीनामा दिन दवाव परेको छ । उनलाई सांसद पदबाट राजीनामा गराई उनको स्थानमा नेपाल कम्यूनिष्ट पार्टीका नेता वामदेव गौतमलाई ल्याउने तयारी भएको छ ।

मानन्धरलाई राजीनामा गराउने र सो स्थानमा निर्वाचन गराई गौतमलाई जिताउने नेकपाको तयारी छ । यस विषयमा नेकपाको सचिवालयमा हिजो सोमबार लामो छलफल भएको तर निर्णय हुन नसकेको पार्टी स्रोतले बतायो ।

यस विषयमा पार्टीले जे निर्णय गर्छ त्यो आफूले मान्ने सांसद मानन्धरले बताए । ‘दलीय पद्धतीमा पार्टीको निर्णय मान्नुपर्छ तर पार्टीमा सहमति भएको छैन’ मानन्धरले विकासन्युजसँग भने ।

यस विषयमा आज साँझ पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्न उनले बताए । ‘पार्टीले भोलि औपचारिक निर्णय गर्ने सुनेको छु । म मेरो धारणा आज सार्वजनिक गर्छु’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.