निर्जीवन र पुनर्बीमा कम्पनीलाई एनएफआरएसमा वित्तीय विवरण बनाउन निर्देशन

  २०७५ असोज २२ गते १७:१६     नारायण पौडेल

काठमाडौं । बीमा समितिले निर्जीवन र पुनर्बीमा कम्पनीलाई एनएफआरएसमा वित्तिय विवरण पेश गर्न निर्देशन दिएको छ । समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले असोज ११ गते निर्जीवन र पुनर्बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै आर्थिक बर्ष २०७४।७५ को वित्तिय विवरण एनएफआरएस अनुसार तयार पार्न निर्देशन दिएका हुन् ।

२० वटा निर्जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनीले एनएफआरएस अनुसार वित्तिय विवरण बनाउनुपर्नेछ । बीमा समितिले केहि दिनभित्रै जीवन बीमा कम्पनीहरुलाई समेत एनएफआरएस अनुसार वित्तिय विवरण पेश गर्न निर्देशन दिने तयारी थालेको छ । नेपाल राष्ट्र बैंकले भने आव २०७४।७५ को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण समेत एनएफआरएसमा बनाउन लगाएको थियो । बीमा समितिले भने बार्षिक प्रतिवेदन मात्रै सो प्रणालीमा बनाउन लगाएको हो ।

समितिका निमिक्त कार्यकारी निर्देशन राजुरमण पौडेलले केहि दिनभित्रै जीवन बीमा कम्पनीलाई समेत एनएफआरएस अनुसार वित्तिय विवरण पेश गर्न निर्देशन दिने तयारी भैरहेको बताए । एनएफआरएस अनुसार वित्तिय विवरण तयार पार्दा पुरानो प्रणालीमा भन्दा केहि फरक देखिने पनि उनले जानकारी दिए ।

बीमा कम्पनीको सम्पति, नाफा र बिभिन्न कोषहरुमा राखिने रकमहरुको आकार पनि केहि घटबढ हुन सक्ने पौडेलले जानकारी दिए ।
अजोड इन्स्योरेन्सका सिइओ कुमार बहादुर खत्रीले एनएफआरएस अनुसार वित्तिय विवरण बुझाउन निर्देशन आएको बताए । बीमा समितिले पुरानो प्रणाली र एनएफआरएस दुबै अनुसारका वित्तिय विवरण बनाउन भनिएको जानकारी दिए । उनले एनएफआरएस अनुसार वित्तिय विवरण बनाउने कुरा केहि नयाँ भएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.