‘अनलाइन रिभर्स फ्याक्टरिङ प्लाटफर्म’ शुरु, उद्यमीलाई कर्जा लिन सजिलो

  २०७५ असोज २२ गते १७:१०     विकासन्युज

काठमाडौं । एफवान सफ्ट इन्टरनेशनल प्रा.लि.ले ‘अनलाइन रिभर्स फ्याक्टरिङ प्ल्याटफर्म’ शुरु गरेको छ । कम्पनीले साना, मझौंला र मध्यम उद्यमीलाई प्राविधिमार्फत वित्तीय स्रोतसम्म पहुँच दिन युके एडको एक्सेस टु फाइनान्स कार्यक्रम (सक्षम) सँगको सम्झौता गरी उक्त प्ल्याटफर्म तयार पारेको हो ।

होटल हिमालयमा आयोजित कार्यक्रममा सक्षमका टिम लिडर निर्मल दाहाल तथा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यो साझेदारी अन्तर्गत एफवान सफ्ट इन्टरनेशनलले क्विक भुक्तानी नामक एउटा प्ल्याटफर्म तयार पारेर त्यसलाई सञ्चालन गर्नेछ । यो प्लेटफर्मले ठूला व्यापारिक फर्म तथा कम्पनीका साना तथा मझौला आपूर्तिकर्तालाई बैंकमार्फत जोड्नेछ । जसबाट ठूला व्यापारिक फर्म तथा कम्पनीका लागि सामान आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले तुरुन्तै कर्जा पाउनेछन् ।

यो प्लेटफर्म प्रयोग गरेर बैंकले आपूर्तिकर्तालाई उनीहरुले सामान तथा सेवा बिक्रि गर्ने ठूला व्यापारिक फर्म तथा कम्पनीले जारी गरेको विलका आधारमा छोटो अवधिको जोखिमरहित कर्जा दिन सक्नेछन् । यसबाट सामान तथा सेवा आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले विना धितो सहज ढङ्गले ऋणको सुविधा पाउनेछन् ।

सक्षमका टिम लिडर निर्मल दाहालले व्याक्ति तथा व्यापार दुवैले डिजिटल इनोभेसनमार्फत वित्तीय स्रोतमा सहज पहुँच प्राप्त गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.