पाँच दिनभित्र उखु किसानलाई भुक्तानी नदिए उद्योगीलाई थुन्ने आदेश 

  २०७५ असोज २२ गते १६:५३     विकासन्युज

काठमाडौं । पाँच दिन भित्र उखु किसानहरुले भुक्तानी पाउने भएका छन् । कृषि विकास मन्त्रालयले पाँच दिनभित्र उखु किसानको भुक्तानी दिन उद्योगीहरुलाई निर्देशन दिएको हो ।

सोमबारदेखि लागु हुने गरि पाँच दिनभित्र उखु किसानको भुक्तानी नदिए प्रहरी लगाएर असुल्ने निर्णय कृषि मन्त्रालयले गरेको हो ।
विभिन्न चीनी मिलहरुले एक अर्ब ५० करोड रुपैंयाँ किसानलाई बक्यौता भुक्तानी गर्न बाँकी रहेको छ । संसदको सार्वजनिक लेखा समिति अन्तर्गत गठित उप समितिको बैठकमा कृषि विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीसीले सो जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.