माधव नेपाललाई भेटे फ्रान्सका नवनियुक्त राजदुतले

  २०७५ असोज २२ गते १६:०८     विकासन्युज

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि नव नियुक्त फ्रान्सेली राजदूत फ्रान्स्वां जाभिए लेजेबीच भेट भएको छ । नेकपाको केन्द्रिय कार्यालयमा नेपाल र लेजेबिच भेट भएको हो ।

भेटमा नेपाल फ्रान्स सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । त्यस्तै, नेपालमा फ्रान्सेली लगानी अभिवृद्धि गर्न नेता नेपालले आग्रह गरेका थिए भने राजदुत लेजेले सहमति जनाएका थिए ।

नेकपाको विदेश विभाग प्रमुख समेत रहेका बरिष्ठ नेता नेपाललाई भेट्न राजदुत लेजे पार्टी कार्यालय धुम्बाराही पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.