केएल टावरको दशैंतिहार उपहार योजना, बम्पर प्राइज मोटरसाइकल

  २०७५ असोज २२ गते १५:२४     विकासन्युज

काठमाडाैं । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले विजया दशमी तथा दिपावलीको अवसर पारेर असोज १९ गतेदेखि रमाईलो दशैं तिहार उपहार योजना संचालनमा ल्याएको छ । यस योजनामा ग्राहकले प्रत्येक दिन हात खाली नजाने उपहार पाउने छन् ।

हरेकदिनउपहार जित्न सकिने योजनाको बम्पर उपहारमा टिभिएसको अपाचीआरटीआर मोटरसाइकल, जुपिटरको स्कुटर लगायतकाउपहार राखिएका छन् । दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, स्मार्टफोन लगायत छन् भने साप्ताहिक रूपमा मलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिजलगायतका घरायसी सामान उपलब्ध गराउने टावर व्यवस्थापनले जनाएको छ ।

यसका साथै साप्ताहिक उपहारमा टाइमेक्स घडी तथा ५ हजार रुपैयाँ बराबरको सपिङ भौचर पनि ग्राहकले पाउने छन् । उपहार जित्नको लागि के एल टावरमा रहेका आउटलेटमा कम्तीमाएक हजार रुपैयाँको सामान खरिद गर्दा ग्राहकले कुपन प्राप्तगर्ने छन् । उक्त कुपनका आधारमा दैनिक तथा साप्ताहीक लक्की ड्र गरी उपहार वितरण गरिने टावरले जनाएको छ ।

५० वटा पसल,मिनीशौ, लाउञ्ज, कफिबार, तीनवटा सिनेमाहल, बालबालिका र युवाकालागि छुट्टाछुट्टै गेमजोन, मोबाईल हबलगायतका दैनिक प्रयोगमा आउने सबै प्रकारका सामान खरिदमा ग्राहकले एक हजार रुपैयाँ बराबरको कुपन प्राप्त गर्नेछन् । सोहीकुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ । असोज १९ गतेदेखि शुरु भएको योजना कात्तिक ३० गतेसम्म संचालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.