नवलपरासीमा तीन अर्बको लागतमा सिमेन्ट उद्योग

  २०७५ असोज २१ गते १५:३५     विकासन्युज

काठमाडौं। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ जमुवाडमा जगदम्बा सिमेन्ट उद्योग सञ्चालनको काम शुरु भएको छ ।

करीब रु तीन अर्बको लागतमा पाँच बिघा क्षेत्रफलमा स्थापना हुन लागेको सो उद्योगका लागि आवश्यक जग्गा खरीद गरी अहिले पर्खाल निर्माणको काम भइरहेको छ । वातावरण प्रदूषणलाई ध्यानमा राखेर उपकरण जडान गरिने उद्योगका सञ्चालक शशी न्यौपानेले बताए। सो उद्योगबाट करीब २०० परिवार प्रत्यक्ष तथा करीब तीन हजार परिवार अप्रत्यक्ष रुपमा लाभाम्वित हुने छन् ।

उद्योगले सरकारलाई वार्षिक रु एक रु अर्ब ५० करोड राजश्व बुझाउने न्यौपानेको भनाइ छ । उद्योगले जिल्लाको विकासमा थप टेवा पुग्ने उद्योग वाणिज्य सङ्घ नवलपरासीका अध्यक्ष केशव भण्डारी बताउँछन्। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.