रौतहटको कार्यक्रममा प्रचण्ड-माधव नेपाल एउटै मञ्चमा, देश बनाउने उद्घोष

  २०७५ असोज २० गते २१:११     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रौतहट-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपालले देश बनाउने उद्घोष गरेका छन् । मञ्चले विजया दशमी, दिपावली तथा छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रममा एउटै मञ्चमा उभिएर नेकपा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालले देश बनाउने संकल्प गरेका हुन् ।

उनीहरुले नेकपा बाहेक अन्य दलको नेतृत्वमा देश विकास सम्भव नभएको बताउँदै जनताको चाहना अनुसार विकास र समृद्धिको सपना पुरा गर्न पनि आन्तरिक एकता अनिवार्य रहेको धारणा राखेका थिए ।

दुबै नेताले देश विकासका लागि सरकारलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा पनि जोड दिएका थिए । कार्यक्रममा नेकपाका महासचिव बिष्णु पौडेलले भने सरकारले राम्रो काम गरिरहेको दावी पेश गरे । उनले सरकारको गतिलाई भने बढाउनुपर्ने आवश्यकता औल्याएका थिए ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री प्रभु शाहले रौतहटलाई विकास र प्रगतिका हिसाबले एक नम्बरको जिल्ला बनाउने अठोट गरेका थिए । नेकपा केन्द्रिय सदस्य तथा सांसद सरला यादवले पनि जिल्लाको विकास निर्माणमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरिन् ।

शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा संसदको विकास समितिकी सभापति कल्याणी खड्का, केन्द्रिय सदस्य डा. बंशीधर मिश्र, समिर भट्टराई, लालबाबु यादव लगायतको सहभागीता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.