२०७५ असोज २० गते ८:१६ विकासन्युज
पाँच पटक विश्वउत्कृष्ट फुटबल खेलाडी बनेका पोर्चुगलका फुटबल स्टार क्रिस्चियानाे राेनाल्डाे बलात्कारको आरोपमा फसेका छन् । उनलाई क्यथरिन मार्योगाले बलात्कारको आरोप लगाएकी हुन् ।
विवादकाबीच अन्तर्राष्ट्रिय अनलाइन मिरर फुटबलले मोबाइलबाट खिचिएको एक भिडियो फुटेज सार्वजनिक गरेको छ । भिडियो फुटेजमा अमेरिकन रेन नाइट क्लबको ५७ औं तल्लामा मार्योगा र रोनाल्डो नाचिरहेको देखिन्छ । फर्मल सर्ट र पाइन्टमा दुबैले एक हातमा लागूपदार्थ लिएका छन् । दुबै जना नृत्यमा लिप्त हुदैं अंगालो मारिरहेका छन् । फुटेज अनुसार दुबैले सहमतिमै नृत्य गरिरहेको देखिएको छ ।
मार्योगाले भने डान्सपछि क्लबको कोठाको एक ढोकामा पुगेपछि बलात्कार गरेको आरोप लगाएकी छिन् । मार्योगा सोहि होटलमा काम गर्ने एक महिला थिइन् । उनी हाल शिक्षिका रहेकी छिन् ।
मार्योगाको वकिलले पत्रकार सम्मेलनमा सारीरिक र मानसिक रुपले तयार नभएको अवस्थामा रोनाल्डोले बलात्कार गरेको आराेप लगाएकी छिन् । मार्योगाले पनि रोनाल्डोसँगको सम्बन्धपछि आफु धेरै डिप्रेसनमा गएको र पेसाप्रति घृणा उब्जिएको बताएकी छिन् ।
“उनीसँगको सम्बन्धपछि मैले धेरै शारिरीक र मानसक रुपमा पिडा भोगे यो घटना बाहिर ल्याउन मैले आफैंले आट गरेँ किनकि अन्यय सहनु मेरो धर्म थिएन” मार्योगा भनेकी छिन् ।
My clear conscious will thereby allow me to await with tranquillity the results of any and all investigations.
— Cristiano Ronaldo (@Cristiano) October 3, 2018
रोनाल्डोले बलात्कार अरोपको अस्वीकार गर्दै आफु अनुसन्धानको लागि तयार रहेको बताएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
Copyright © 2023 Bikash Media Pvt. Ltd.