एनएलजी इन्स्योरेन्सकाे प्रमुख कार्यकारी अधिकृतमा सुनिल वल्लभ पन्त नियुक्त

  २०७५ असोज १८ गते २१:२२     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृतमा सुनिल वल्लभ पन्त नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले पन्तलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न बीमा समितिमा सहमति मागेकोमा समितिले विहीबार सहमति दिएको छ ।

२९ वर्षदेखि बीमा क्षेत्रमा कार्यरत पन्त सोही कम्पनीमा करिव डेढ वर्ष अघिदेखि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । कम्पनीले आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.