पुनर्बीमा कम्पनीले आईपीओ निष्कासन गर्दै, १ अर्ब ६० करोडको आउने

  २०७५ असोज १८ गते ९:२३     विकासन्युज

काठमाठौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ । कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कास गर्न लागेको हो ।

आईपीओ निष्कासनका लागि कम्पनीले क्रेडिट रेटिङ गर्न लागेको छ । क्रेडिट रेटिङका लागि पुनर्बीमाले प्रस्ताव मागेको छ । १५ दिनभित्र प्रस्ताव पेश गर्न कम्पनीले भनेको छ । रेटिङको काम सकेर यो वर्षभित्र आईपीओ निष्कासन गर्ने पुर्नबीमाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले बताए । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले नियुत्त गरिसकेको छ ।

पुनर्बीमामा सरकारको ४३.५५ प्रतिशत स्वामित्व रहेको छ । गत साउनमा सरकारले २ अर्ब ७५ करोड १७ लाख रुपैयाँ लगानी गरिसकेको छ । यस्तै बीमा कम्पनीहरुले १ अर्ब २६ करोड रुपैयाँ भुत्तानी गरिसकेका उनले जानकारी दिए । बाँकी १ अर्ब ६० करोड रुपैयाँ सर्वसाधारणमा आईपीओ निष्कासन गरेर जुटाउने भएको छ ।

कम्पनीको पुँजी १० अर्ब रुपैयाँ रहेको छ । पुनर्बीमामा सर्वसाधारणको १६ प्रतिशत स्वामित्व रहेने गरी संरचना तयार पारिएको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब रुपैयाँ नाफा गरेको छ । आईपीओ निष्कासनपछि मात्र कम्पनीले नाफा वितरण गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.