लेगोको खरिदमा पुरै परिवारको लागि दुबई जाने अवसर

  २०७५ असोज १७ गते १९:४४     विकासन्युज

काठमाडौ। गोल्छा अर्गनाइजेसनको सह–कम्पनी तथा लेगोको आधिकारिक बिक्रेता म्याभरिक प्रा. लि. ले चाडपर्वको यस अवसरमा आफ्नो ग्राहकहरुको लागि नयाँ अफर लिएर आएको छ । यस अफर अन्तर्गत एक जना भाग्यशाली ग्राहकले आफ्नो परिवारका साथ लेगोल्याण्ड, दुबई जाने अवसर प्राप्त गर्न सक्नेछन्।

यो अफर सबै भाटभटेनी स्टोरहरुका साथै सिभिलमल, लबिममल, नागपोखरी, एकान्तकुना र दरबारमार्ग अवस्थित फन स्टेशन आउटलेटहरुमा उपलब्ध छ । यस योजनामा सहभागी हुनको लागि ग्राहकहरुले रु. १,९९९ वा सो भन्दा बढीको लेगो प्रोडक्टहरु खरिद गर्नु पर्नेछ । यस अफरका भाग्यशाली विजेताले दुबईको ट्रिप प्याकेज प्राप्त गर्न सक्नुहुनेछ जस अन्तर्गत दुई तर्फि प्लेन टिकट, लापिता होटेलमा २ रात, लेगो ल्याण्ड दुबई, लेगोल्याण्ड वाटरपार्क, मोसनगेट, दुबई र बलिउड पार्क दुबईको तीनदिनका लागि टिकट र एयरपोर्टदेखि होटेलसम्मको यातायात र खानाको व्यवस्था आदि रहनेछ ।

यो अफर असोज १९ गतेदेखि कार्तिक २९ गते सम्म लागू हुनेछ । उक्त अफरको विजेताले पुष १६, २०७५ अघि नै यात्रा गरि सक्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.