टीभीएस रेसिड्ड स्टन्ट १००० दर्शकले अवलोकन गरे

  २०७५ असोज १७ गते १८:३०     विकासन्युज

काठमाडौं । टी भी एस मोटर कम्पनीले नेपालमै पहिलो पटक अपाचे प्रो परफरमेन्स आयोजना गरेको छ । टी भी एस रेसिड्ड स्टन्ट टोलीले काठमाडौ स्थित बग्गीखानामा स्टन्ट सम्पन्न गरेको हो ।

स्टन्ट उत्शाहजनक र मनोरन्जनात्मक ढड्डले सम्पन्न भएको कम्पनीले जनाएको छ । विश्व प्रख्यात दुइ तथा तिन पाङ्ग्रे सवारी उत्पादक टी भी एस मोटर कम्पनी द्वारा पहिलो पटक दुइ अन्र्तरास्ट्रिय अपाचे प्रो परफरमेन्स (ए पी पी) को आयोजना भएको होे ।

टीभीएस मोटर कम्पनीको “थ्री मिलियन अपाचे अन रोड“ अर्थात् ३० लाख सवारी सक्रिय रहेको खुसियालीमा यो उत्सव मनाइएको हो । यस स्टन्ट कार्यक्रमले टी भी एस अपाचे प्रिमियम मोटरसाइकलको लागी एक महत्वपुर्ण आयाम थपेको कम्पनीले दाबी गरेको छ ।

१ हजार भन्दा धेरै दर्शकको सहभागिता रहेको यस कार्यक्रमको सुरुवातमा यो टोलीले आफ्नो सुरक्षा गर्नुपर्ने भन्दै जनचेतना बढाउने शिक्षा दिएको थियो । सवारी चलाउदा अपनाउनुपर्ने पर्ने सावधानीहरुको महत्वमा जोड दिदै यस टोलिले कार्यक्रम को सुरुवात गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.