माधव नेपाललाई चिनियाँ विश्व विद्यालयको मानार्थ प्रोफेसर उपाधी

  २०७५ असोज १७ गते १३:१३     विकासन्युज

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले मानार्थ प्राध्यापकको उपाधी पाएका छन् ।
चीनको प्रसिद्ध थ्री गर्जेज विश्व विद्यालयले नेता नेपाललाई मानार्थ प्राध्यापकको उपाधीले सम्मान गरेको हो ।

चीन भ्रमणमा रहेका नेता नेपाललाई चिनियाँ कम्युनिष्ट पार्टीका सचिव तथा थ्री गर्जेज विश्व विद्यालयका पूर्व अध्यक्ष लि जियालिनले मानार्थ प्राध्यापकका साथै भिजिटिंग प्रोफेसरको उपाधी प्रदान गरेका हुन् ।  चीन भ्रमणमा रहेका नेता नेपाल शुक्रबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.