२५ जना उद्यामी व्यवसायीले प्रधानमन्त्रीलाई नियमित गुनासो राख्ने

  २०७५ असोज १७ गते ८:४५     विकासन्युज

काठमाडौं । सरकारले निजी क्षेत्रका समस्या समाधानका लागि प्रधानमन्त्रीको नेतृत्वमा उद्योग बाणिज्य प्रवद्र्धन सम्वाद परिषद गठन गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहने सो परिषदमा २५ जना उद्यमी व्यवसायी सदस्य रहेका छन् ।

कृषि, पर्यटन, उद्योग, निर्माण व्यवसाय, घरेलु उद्यमी, महिला उद्यमी, जलविद्युत क्षेत्र, सूचना प्रबिधी, मनोराञ्जन, शिक्षा क्षेत्र, बैंकिङ, गैर आवासिय नेपाली लगायतको सहभागीता रहेको परिषदले निजी क्षेत्रका समस्याहरु सुनेर समाधानका उपाय खोज्नेछ ।

परिषदमा मेगा बैंककी सिइओ अनुपमा खुजेली, गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, व्यवसायी आङछिरिङ शेर्पा, पद्यम ज्योति, राजेशकाजी श्रेष्ठ, सुरज वैद्य, भवानी राणा, लोकमान्य गोल्छा लगायतका २५ जना उद्यमी व्यवसायी सदस्य रहेका छन् ।
प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा अर्थमन्त्री, उद्योग मन्त्री, उर्जा मन्त्री र पर्यटन मन्त्री सदस्य रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.