संयुक्त राष्ट्रसंघ डिजिटल पुस्तकालयमा १० हजार बढि पाठ्यसामग्री

  २०७५ असोज १५ गते १०:५०     विकासन्युज

काठमाडौं। नेपालस्थित संयुक्त राष्ट्रसंघ डिजिटल पुस्तकालयले भि टु मोवाइल एप्स् शुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि केन्द्रिय पुस्तकालयमा आज आयोजित एक कार्यक्रमका बीच शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौला र त्रिवि केन्द्रिय पुस्तकालयका प्रमुख इन्द्रप्रसाद अधिकारीलगायतले संयुक्त रुपमा यसको शुरुवात गरेका हुन्।

यो एप्समा गुगल प्लेस्टोरमा गएर युएन पब्लिकेशन्स् सर्च गरेर  १० हजार बढि पाठ्यसामग्री खोज्न सकिने बताइएको छ । करिब ५ वर्ष लगाएर १० हजार पाठ्यसामग्री अनलाईनमा प्रविष्ट गरेको आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाले अबको परिवर्तित युगमा सूचना भनेको पुस्तकमा मात्र नभएर वायुमा बगिरहेको हुँदा त्यसलाई कसरी टिपेर पाठकमाझ पु¥याउने भन्नेतर्फ लाग्नुपर्ने धारणा व्यक्त गरे। उनले सिँहदरबारको अधिकार गाउँगाउँमा पुगेको अवस्थामा ७५३ स्थानीय तहमा नै एक एक सार्बजनिक पुस्तकालय निर्माण गर्न शिक्षा मन्त्रालयबाट शुरुवात भइसकेको जानकारी दिए।

स्वागत मन्तव्य राख्नुहुँदै त्रिवि केन्द्रिय पुस्तकालयका प्रमुख अधिकारीले संयुक्त राष्ट्रसंघ डिजिटल पुस्तकालय आफुहरुको लागि एउटा उत्प्रेरणा बन्दै आएको बताए। अहिलेको समय भनेको पाठकहरु पुस्तकालय र पुस्तक पसलहरुमा जान भन्दा आफ्नो कम्प्युटर, ल्यापटपमा घरैमा बसेर पुस्तक डाउनलोड गर्ने रुची राख्ने बताउँदै अधिकारीले केन्द्रिय पुस्तकालयमा ४ लाख हाराहारीमा रहेका पुस्तकहरुलाई क्रमशः डिजिटल बनाउने योजना रहेको बताए।

सूचनाको स्रोतहरु शुरुमै डिजिटल उत्पादन भएकालाई पनि अनलाइनमा राख्न नसकिरहेको यथार्थ बताउनुहुँदै उनले संयुक्त राष्ट्रसंघ सूचना केन्द्रले सूचना सामग्रीहरुलाई डिजिटल गरेर प्रशंसनीय काम गरेको बताए। संसारमै अहिले खुला शिक्षा सामग्रीको अवधारणा आएकोले पाठ्यपुस्तक खरिदमा पाठकले खर्च गर्न नपरोस् भनेर यो विधि महत्वपूर्ण हुने उनले बताए।

कार्यक्रममा संयुक्त राष्ट्रसंघ सूचना केन्द्रमा कार्यरत स्वयंसेवकहरु रेश्मा डँगोल र सिर्जना श्रेष्ठले अनुभव सुनाएका थिए । कार्यक्रममा राजेन्द्रमान बनेपाली, रामबाबु शाह, एपेक्स कलेजको प्रिन्सिपल एलपि देवकोटा लगायतले मोवाइल एप्सले सूचना प्रवाहमा महत्वपूर्ण सहयोग गर्ने धारणा व्यक्त गरेका थिए।

श्रोत- मेरो स्टडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.