रसुवाकाे धुसेनीमा विद्यालय भवन उद्घाटन, क्यानेडियन नागरिकको १८ लाख सहयाेग

  २०७५ असोज १५ गते ७:५५     विकासन्युज

रसुवा । क्यानेडियन नागरिकको १८ लाख रुपैयाँको सहयोगमा रसुवाकाे धुसेनीमा विद्यालय भवन बनेकाे छ ।  निर्मित सो विद्यालय भवन निर्माणबाट त्यस भेगका सयौ विद्यार्थी लाभान्वित भएका छन् । प्रतिनिधि सभा सदस्य मोहन आचार्यले आईतबार रसुवामा आयोजित एक कार्यक्रम बीच सुर्योदय प्राथमिक विद्यलय कालिका ४ धुसेनीको  नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहलाई सम्वोधन गर्दै आचार्यले गुणस्तरीय शिक्षा प्रदान गर्न उक्त विद्यालय महत्वपूर्ण पूर्वाधार बनेकाे बताए ।

स्तरीय विद्यालय भवन निर्माण गरि दिएकोमा दाताहरुलाई रसुवाली नागरिकका तर्फबाट धन्यवाद दिदै सासंद आचार्यले मुलुकको समग्र विकासलागी शिक्षित नागरिक उत्पादन आवश्यक रहेको बताए ।

सम्वृद्ध रसुवा निर्माण अभियानमा आफु कृयाशिल रहेको बताउदै सासंद आचार्यले यसका लागि रसुवाली नागरिकको स्वास्थ्य, शिक्षा, सडक यातायात ,कृषि ,जलस्रोत र पर्यटन विकासलाई संगसंगै अगाडी बढाईएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.