महिन्द्राको नयाँ वर्कशप सञ्चालनमा

  २०७५ असोज १४ गते १७:२९     विकासन्युज

काठमाडौं।  महिन्द्रा कम्पनीको एसभिपी गाडीहरुको वर्कशप सञ्चालनमा आएको छ । वर्कसपको उदघाटन महिन्द्राका कन्ट्रीहेड चैतन्य कागल्कर र दुगड ब्रदर्स एन्ड सन्सका विवेक दुगडले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

नयाँ वर्कशपबाट ग्राहकहरुलाई उत्कृष्ट सर्भिस प्रदान गर्ने कम्पनीले जनाएको छ। दुगड व्रदर्सले महिन्द्रासँगको सहकार्यमा ग्राहकहरुलाई सम्वृद्द बनाउने उत्पादन र सेवाहरु प्रदान गर्दै आएका छ ।

२००० वर्ग फिटको यस वर्कशपमा ५ वटा अत्याधुनिक सर्भिस वे र औजारहरु उपलब्ध छन । यस वर्कशपमा एक्सप्रेस बे को साथै कस्टमर लाउन्ज पनि उपल्ब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.