के भनेका थिए माधव नेपालले संसदमा ? पूर्ण पाठसहित

  २०७५ असोज १४ गते १५:४२     विकासन्युज

माधव कुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता-नेकपा

सम्माननिय सभामुखज्यू,
संसदको यो बैठकमा सम्भवतः म पहिलो चोटी रोष्ट्रममा उभिएर बोल्ने जमर्काे गर्दैछु । म यहि रोष्ट्रममा उभिएर पहिले बोलेको कुरा सम्झँदैछु । मैँले भनेको थिएँः मेरो देश डुब्न लाग्यो किनारा लगाईदेउ, माझी छौ की कोही किनारा लगाई देश, देशै डुब्न लाग्यो देशै बचाई देउ ।
आज पनि बिभिन्न ठाउँमा घटिरहेका घट्ना प्रति सबैको ध्यान आकृष्ट गराउन चाहान्छु ।
यो प्रश्न सबै ठाउँमा उठिरहेको छ । कञ्चनपुरकी निर्मला पन्त, रौतहटकी एसिड पीडित सम्झनाको मृत्यु भएको छ । बलात्कार र एसिडबाट हत्या भैरहेका छन् ।
भ्रष्टाचार रोक्ने कुनै अंग छ की छैन् ? कोहि गिरफ्तार भयो की छैन ? कसै विरुद्ध मुद्धा चल्यो की छैन् ? मान्छे हेर्न चाहान्छन काम , मान्छे हेर्न चाहान्छन परिणाम । परिणाम दिईसकेपछि बल्ल हाम्रो पनि शिर ठाडो हुनेथियो । यो कानले सुन्नुपर्ने थिएन की जुन जोगी आएपनि कानै चिरेको । म सरकारको, मन्त्रीज्यूहरुको र राज्यका सबै निकायहरुको ध्यानाकर्षण गराउन चाहान्छु ।
सम्माननिय सभामुखज्यू,
मैले यस पटक रजगज भन्ने उपन्यास पढेँ । त्यो पढ्दै गर्दा मलाई यो देशको कहाली लाग्दो अवस्थाले चिन्तित बनायो । त्यसका सबै तथ्यहरु सत्य नहोलान तर सोधखोज गरेर ल्याएको जस्तो देखियो । राज्यका बिभिन्न निकायहरुको भ्रष्ट स्वरुपको त्यसमा उदांगो स्वरुप चित्रण गरिएको छ । अरु पनि यस्ता धेरै किताब होलान्, मन्त्रीज्यूहरु एक पटक पढ्नुस् ।
भ्रष्टहरुलाई प्रश्रय दिनेहरु जिल्लाबाट पुनरावेदन हुँदै सर्वाेच्च अदालतमा पुगेका छन् । भ्रष्ट शाखा अधिकृतहरु उपसचिव हुँदै माथी माथी आउने क्रम कहिले रोकिन्छ ? दुनियाले भ्रष्टाचारी भनेको व्यक्ति पुरस्कृत भैरहँदा हाम्रो शिर निहुरिन्छ । यो कहिले रोकिने ?
यो अधिवेशनमा माननियहरुले यस्ता धेरै कुरा उठाउनु भएको छ । बाटो घाटोमा हिड्दा, बसमा यात्रा गर्दा, पैदल हिड्दा वा पसलमा बस्दा कान थुन्नुपर्ने अवस्था छ ।
कमसे कम जनताले के भन्छन भन्ने कुरा ख्याल गर्नुस् । कहाँ रह्यो त्रुटि खोज्ने, समस्या पत्ता लगाउने र समाधान गर्ने आँट देखाउनु पर्छ । राम्रो काम गर्नुस, नेकपाको मात्रै होइन सिंगो संसदको समर्थन मिल्छ । संसदको मात्रै होइन सम्पुर्ण नेपाली जनताको समर्थन रहनेछ ।
नेपालीलाई चाहिएको छ सुशासन, भ्रष्टाचार मुक्त प्रशासन र छिटो छरिटो काम । र जनतालाई चाहिएको छ उनीहरुको समस्याको अन्त्य । जनताले गाँस, बाँस, आवास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा खोजेका छन् । आफ्ना समस्या प्रति सम्वेदनशिलता खोजेका छन जनताले ।
राष्ट्रियता माथी प्रश्न उठिरहेको छ । भौगोलिक अखण्डतामाथी खुलेआम चुनौती दिने गरिएको छ । हिजो मैले एउटा भिडियो देखेँ । त्यो मन्त्रीहरुले हेर्नु भएको छ की छैन् ? गृहमन्त्री कहाँ हुनुहुन्छ ? उहाँले देख्नु भएको छ की छैन् ? खुलेआम देश टुक्राउँछु भन्नेहरुलाई जोगाउने नेपालका बिभिन्न निकायहरु लागेका छन् । गृह प्रशासन भन्ने चिज छ की छैन यहाँ ?

सरकारले राम्रा कामहरु पनि गरेको छ । मौलिक हक सम्बन्धी १६ वटै बिधेयक पारित गरेकोमा बिषयगत समिति, प्रतिपक्षी र सरकार सबैलाई धन्यवाद दिन चाहान्छु । सरकार प्रति आशा पनि छन् । राम्रा काम पनि भएका छन् । बेला बेलामा तदारुकता पनि देखाउने गरिएको छ । जनताले पनि अहिलेसम्मको अनुभवबाट सिकेर काम गर्न सुझाएका छन् । अरुका कुरा सुनेर, अनुभवीहरुका कुरा लिएर, छलफल गरेर अघि बढ्नुपर्छ । धेरै भन्दा धेरैका अनुभवहरु बटुलेर अघि बढ्दा सबैलाई राम्रो हुन्छ । अघि बढ्नुस, राम्रो काम गर्नु भयो भने हाम्रो पनि साथ रहन्छ । राम्रो काम गर्नु भएन भने रहँदैन् । जता गयो खाली आलोचना, बिरोध र खिसिटिउरा बाहेक केहि छैन् । यस्तो अवस्थाले हामी सबैलाई पोल्नुपर्ने हो ।

सरकारले बजेट निर्माणदेखि अहिलेसम्मका सबै कामहरुको समिक्षा गरोस् । अर्काे अधिवेशनमा आउँदा आशा जगाउने गरि, शिर ठाडो हुने गरि सबैको मन जित्ने गरि सरकार अघि बढोस् । साँखुदेखि चावहिलको बाटोका बारेमा त एउटा गित नै बनेको रहेछ । यो बाटोको बेहालको बारेमा भिडियो छ, मान्छे र गाडीहरुको बेहाल छ । म आफैं त्यहाँ चार पटक अनुगमनका लागि पुगेँ । हामी जानु भन्दा अघि ठेकेदारले पाँच गाडी बालुवा हाल्ने रहेछ । त्यसपछि वेपत्ता हुने रहेछन् । मन्त्री कहाँ हराउने, सचिव, डिजी र इञ्जिनियर कहाँ हराउने हुन् ? ठेकेदारले त्यस्तो गरेवापत दण्डित पनि हुनुनपर्ने । र त्यस्ता कम्पनी कालोसूचिमा नपर्ने रहेछन् । कालो सचिमा परेकाहरु त झनै पुरस्कृत हुनुपर्ने अवस्था रहेछ । जति कालो सूचिमा पर्नुस, त्यति पुरस्कृत हुने । जति धेरै अपराध गर्नुस, त्यति पुरस्कृत हुँदै जानुहुन्छ भन्ने अवस्था देखिँदैछ ।

त्यसकारण अब यहि सरकारमाथी जनताको आशा छ, यसले नै देशलाई भ्रष्टाचार उन्मुलन गर्न सक्छ । सुशासनको प्रत्याभुति दिन सक्छ ।
नेकपाकै सरकार माथी जनताको आशा छ । भ्रष्टाचार गर्दिन भनेर होइन, नगरेर देखाउन सकोस् । भ्रष्टाचारीलाई दण्डित गरेर देखाओस् । सुशासनको प्रत्याभूति दिलाउन सकोस् । छोरा छोरी, श्रीमति, नातागोता, पिए लगाएर घुमाएर केहि गर्ने तरिकाहरु छन् भने त्यसको अन्त्य गरियोस् ।

त्यसकारण देशको अखण्डता जोगाउने कुरामा, राष्टहितको अभिवृद्धि, सार्वभौम सत्ताको रक्षा गर्ने, प्रदेशको सम्वेदनशिलता प्रति सबै गम्भिर बनौं । लोकतन्त्र आएको छ, गणतन्त्र ल्याएका छौं । जनतालाई थप अधिकार सम्पन्न बनाऔं । समाजका विसंगति र विकृतिहरु हटाउन सबैलाई सक्रिय बनाऔं । त्यस अर्थमा बेरोजगारी, निरक्षरता अन्त्यका लागि जुटौं ।

सभामुख महोदय,
सुन्नमा आएको छ, ब्रिटिस सेनामा नेपाली महिलाहरुलाई भर्ना गर्ने कुरा आएको छ । यसलाई रोकिसकिएको छ भने ठिकै भयो । नत्र यो भन्दा लाज र सर्मको कुरा अरु केहि हुनै सक्दैन् । भोली गएर त्यहाँ नेपाली महिलाको सम्मान हुने विश्वास छैन हामीलाई । भोली खाडी मुलुकले पनि भर्ना गर्ला, इण्डियाले पनि भर्ना गर्ला । त्यतिबेला हाम्रो शिर निहुरिनेछ ।

विदेशी सेनामा नेपाली जाने कुराहरुको उहिलेदेखि नै बिरोध भैरहेको छ । महिलालाई पठाउने कुरा सोच्न पनि सकिन्न । पुर्व बेलायती सेनाको अधिकार, गैर आवासिय नेपालीहरुको सवालमा पनि सरोकारवालाहरुको ध्यान जाओस् । सबैका आ आफ्ना स्वार्थ हुन्छन्, जायज स्वार्थ र नाजायज स्वार्थ छुट्याउनु पर्छ । सरकारले मात्रै सबै गर्न सक्दैन्, पार्टीको, संसदको र विपक्षीको पनि साथ चाहिन्छ ।

अहिले निजगढ विमानस्थलका नाममा ठुलो परिचर्चा छ । नेकपा भित्रै पनि बिरोध भैरहेको छ भन्ने मैले सुनेँ । यहाँ राम्रो काम गर्ने आडमा कसैले स्वार्थ पुरा गर्न खोजेको त होइन भन्ने हाम्रो चासो हो । राम्रो गर्ने नाममा आफ्नो स्वार्थ पुरा गर्न खोजिएको त होइन् ? भन्ने प्रश्न हो ।
२० बर्षदेखि विकल्पहिन थियो, अर्काे विमानस्थल कहाँ बनाउने भनेर आयोगहरु बने, प्रतिवेदन आए । त्यसकै आधारमा मैले २०६७ सालमा निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउने निर्णय गरेको थिएँ ।

सबै हिसाबले सोँच विचार गरेर निर्णय गरेको हुँ । तर सबै रुख काट्न आवश्यक छ की छैन् ? भएका जति सबै रुख काटेर दारी खौरिए जसरी रुख काट्ने हाम्रो चलन छ । त्यो गलत भो । जति चाहिन्छ, त्यो भन्दा एउटा पनि बढी रुख काट्न पाइँदैन् । घरै बनाइन्छ भने घरको बीचमा रुख रोप्नुपर्छ । भारतको सिम्लामा घरका बीचमा, पर्खालमा रुख रोपेको देखिन्छ । मैले पनि बुझ्दा खेरी जति रुख काट्ने भनेर हल्ला गरिएको छ, त्यति रुख काट्ने योजना छैन् । विकल्पमा कति रुख रोप्ने हो त्यति रोप्नुपर्छ ।

नेपालमा कहीँ पनि काम गर्न नदिने तत्वहरु लागेको देखिन्छ । उद्योग धन्दा खोल्न नदिने, नदिनालाको उपयोग गर्न नदिने, विजुली उत्पादन गर्न नदिने, विमानस्थल बन्न नदिने, देशलाई आत्म निर्भर बन्न नदिने षडयन्त्र भित्र हामी फस्ने खतरा छ । म मन्त्री र अधिकारीहरुलाई भन्न चाहान्छु । त्यसकारण यो काम कुनै हालतमा रोकिनुहुन्न । विकास रोक्ने षडयन्त्रमा सरकार फस्नु भएन् ।

विमानस्थल बनाउने र फास्ट ट्रयाक समयमै बनाउन सरकार चुक्नु हुन्न । रोक्नेहरुलाई पन्छाउन सरकारले कानुनै संसोधन गर्ने वा नियमावली संसोधन गर्नु परेपनि गरोस् । काम नगर्ने ठेकेदारलाई कानुन संसोधन गरेरै भएपनि पन्छाउनपुर्छ । कालोसूचिमा परेकाहरुले मात्रै काम पाईरहने अवस्था किन आयो ? के ती बाहेक अरु मान्छे योग्य नै छैनन् त ? त्यसको कारण खोजियो भने के जवाफ दिने ?
प्रश्न उठेको छ कतै यस्तै मान्छेहरुको विगबिगी हुने त होइन् देशमा ? त्यसकारण अब मुलुकलाई बिधीको शासनमा लैजानु पर्छ । सरकार यसमा सचेत बनोस् । बिधी र प्रक्रियामा मुलुकलाई कसरी लैजाने ? पारदर्शी काम कसरी गर्ने भन्ने बारेमा सरकार सचेत हुनुपर्छ ।

व्यक्तिको मूल्यांकन कसरी गर्ने ? इमानदार, पवित्र भावना भएका, देशभक्तहरुलाई हुकाउर्न प्रोत्साहित गर्ने, विदेशमा गएका नेपालीहरुको ज्ञान, शिप र प्रबिधीलाई कसरी सदुपयोग गर्ने भन्नेबारे पनि हामीले सोच्नु आवश्यक छ । त्यसकारण राम्रा मान्छेहरु छान्नु पर्छ ।
अहिले एउटा अवसर आएको छ, जनताले विश्वास गरेर दुई तिहाई बहुमत दिएका छन् । अब गुनासो गर्ने अधिकार छैन् । राम्रो काम गरेपछि जनतो स्याबास भन्नेछन् । देशको इञ्जत बढ्दा प्रतिपक्षीले पनि बिरोध नगर्ला ।

सरकारले कतिपय राम्रा कामहरुको नेतृत्व पनि लिएको छ । मौलिक हक अन्तर्गतका कानुनहरु बनाएको छ । अब बिनियमहरु निर्माण होस् । राम्रा मानिसहरुले जिम्मेवारी पाउन् । राजदुतहरु यथासक्य चाँडो नियुक्ती होस् । सम्वैधानिक निकायमा चाँडै नियुक्त गरियोस् ।
जिम्मेवारी दिइने मान्छेहरुको विगत र वर्तमानको अध्ययन गर्नु पर्छ । हामीसँग अनुभवहरुको कमी छैन् । धेरै मन्त्री र पूर्व प्रधानमन्त्री छन् । उनीहरुसँग सल्लाह र परामर्श गरियोस् । सरकारसँग जनताको ठुलो आसा छ । सरकारको सफलताको कामना गर्दै दशैं, तिहार, छठ, न्युँदया भिन्तुना लगायतका सबै पर्वहरुको अग्रिम शुभकामना दिन चाहान्छु । नेपालीहरुले दुःख कष्ट, महंगी र अभावमा बाच्नु नपरोस, आनन्दका साथ चाडपर्व मनाउन् । सुखी नेपाली, समृद्ध नेपालको नाराले सार्थकता पाओस । धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.