देशभर ६ वटा चार तारे होटल

  २०७५ असोज १२ गते ११:४५     विकासन्युज

काठमाडौं । चार तारे होटलको संख्या ६ वटा पुगेको छ । काठमाडौंदेखि नेपालगञ्ज, पोखरा, सिमरामा खुलेका चार तारे होटलहरुको संख्या ६ वटा पुगेको हो ।

काठमाडौंमा होटल शंकर, ललितपुरमा होटल हिमालय, महेन्द्रनगरमा होटल ओपेरा, नेपालगञ्जमा होटल कृष्णा, सिमरामा होटल इच्छा र नगरकोटमा होटल मिस्टकले चार तारे होटलको सेवा दिईरहेका छन् ।

यी होटलहरुको कुल कोठा संख्या ४५१ रहेको छ । यी होटलहरुको निर्माण लागत ९९ लाखदेखि ५५ करोेड रुपैंयाँसम्म रहेको छ । सरकारले सन २०२० लाई नेपाल भ्रमण बर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

नेपालमा पाँच तारे होटलहरुको संख्या धमाधम वृद्धि भैइरहे पनि चार तारे होटल भने पछिल्लो समय थपिएका थिएनन् । होटल हिमालयले २०६६ असार १५ गते चार तारे मान्यता पाएको थियो भने होटल शंकरले २०६९ साउन १२ गते चार तारे होटलको मान्यता पाएको हो ।

ओपेराले २०७३ चैत २८ गते स्तरोन्नति भएर चार तारे बनेको थियो । त्यस्तै, कृष्णाले २०७४ भदौ २९ गते चार तारे मान्यता लिएको हो । त्यस्तै, इच्छा कामनाले २०७४ मंसिर १९ गते र मिस्टक माउण्टेनले २०७४ साल चैत ५ गते तार तारेको मान्यता पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.