शाश्वतधामलाई बेस्ट टुरिस्ट डेस्टिनेसन अवार्ड, दर्शनको लागि मासिक ढेड लाख पर्यटक पुग्ने

  २०७५ असोज ११ गते १३:५६     विकासन्युज

काठमाडौं । शाश्वतधामले ‘बेस्ट टुरिस्ट डेस्टिनेसन अफ नेपाल’ अवार्ड प्राप्त गरेको छ । विश्वपर्यटन दिवस २०७५ को अवसरमा सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयद्वारा आयोजित समारोहमा सोही मन्त्रालयका मन्त्री रविन्द्र अधिकारीले शाश्वतधामलाई अवार्ड प्रदान गरेका छन् ।

समारोहमा पर्यटन राज्यमन्त्री धनबहादूर बुढा, पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपक जोशी लगायतपर्यटन क्षेत्रका अधिकारीहरुको उपस्थिति थियो । नेपालको पर्यटन प्रवर्धनमा उत्कृष्ट योगदान पु¥याए वापत शाश्वतधामले उक्त अवार्ड प्राप्त गरेको हो ।

शाश्वतधाममा नेपालका अतिरिक्त भारतीय पर्यटकहरूको समेत घुईचो लाग्ने गरेको छ । नेपाल भ्रमणमा आउने विश्वका पर्यटकहरूले समेत पछिल्लो समय शाश्वतधामलाई आफ्नो गन्तब्य बनाउदै आएका छन् ।

‘शाश्वतधाम स्थापनाको छोटो समयमै नेपालको पर्यटन उद्योगमा उच्च योगदान पु¥याउन सकेकोमा हामीलाई खुसी लागेको छ । सम्मानका लागि सँस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई हार्दिक धन्यवाद दिन्छु’ शाश्वतधामका फाउण्डिङ ट्रष्टी एवं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको भनाई उल्लेख गर्दै चौधरी ग्रुपका महाप्रबन्धक मधुसुधन पौडेलद्धारा जारी गरेको विज्ञप्ती उल्लेख गरिएको छ ।

चौधरीले भनेका छन्–‘शाश्वतधाममा सम्पदाहरू थपिने क्रम जारी रहेको र भविष्यमा नेपालको प्रमुख पर्यटकीय गन्तव्यमा सूचिकृत हुनेछ भन्ने हाम्रो विश्वास छ ।’ शाश्वतधाम धार्मिक पर्यटकीय केन्द्रका रूपमा स्थापित हुदै गएको छ ।

हाल यहाँप्रतिमहिना डेढ लाखसम्म पर्यटकहरू आउने गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.