लगानी कोषमा कार्यकारी निर्देशकका लागि दरखास्त खुला, असोज २२ गते अन्तिम दिन

  २०७५ असोज ८ गते १३:१६     विकासन्युज

काठमाडौं । सरकारले नागरिक लगानी कोषमा रित्त कार्यकारी निर्देशक नियुत्तिको प्रक्रिया सुरु गरेको छ । अर्थ मन्त्रालयले गठन गरेको कार्यकारी निर्देशक नियुत्तिका लागि गठित छनौट शिफारिश समितिले दरखास्त आब्हान गरेको छ ।

आगामी असोज २२ गतेभित्र गोप्य आवेदन दिन समितिले भनेको छ । कार्यकारी निर्देशकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन,आर्थिक, बैंकिङ, वित्तीय, वाणिज्य वा कानून विषयमा स्नातकोत्तर पास गरेको हुनुपर्ने समितिले जानकारी दिएको छ ।
यस्तै उद्योग, वाणिज्य, पुँजी बजार वा बैंकिङ संस्था कम्तीमा १० औं तह वा सो सरह जिम्मेवारी लिइसकेको हुनुपर्ने छ । निजी क्षेत्रको पुँजी बजार सम्बन्धि संस्श्रथाहरुको व्यवस्थापकीय तहमा न्युनतम १५ वर्षको अनुभव हुनुपर्ने समितिले जानएको छ ।

यसअघि रामकृष्ण पोखरेलले राजीनामा गरेपछि २ महिनादेखि कार्यकारी निर्देशकको पद रित्त छ । दरखास्त दिनेको उमेर ३० वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने छ । दरखास्त दिनेले व्यवसायिक योजना समेत पेश गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.