दिगम्बर झालाई काम गर्न बाटो खुल्यो, सरकारले लगाएको ४ प्रतिबन्ध फुकुवा

  २०७५ असोज ७ गते १३:४७     खेमराज श्रेष्ठ

दिगम्बर झा-अध्यक्ष नेपाल दुरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई काम गर्ने बाटो खुल्ला भएको छ । मन्त्रिपरिषदको बैठकले प्राधिकरणमा लागाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

प्राधिकरणलाई फुकुवाको पत्राचार गर्ने तयारी भैरहेको मन्त्रालयका प्रवक्ता रामप्रसाद ढकालले बताए । यसअघि सरकारले प्राधिकरणलाई ४ प्रतिबन्ध लगाएको थियो । फुकुवापछि फ्रिकोइन्सी, इजाजत अनुमति, ग्रामिण दूरसञ्चार कोषको रकम सञ्चालन र दुरगामी महत्वको निर्णय गन झालाई बाटो खुलेकाे छ ।

यसअघि सरकारले प्राधिकरणलाई दुरगामी प्रभाव पार्ने निर्णय नगर्न पत्राचार गरेको थियो । प्राधिकरणलाई सल्लाह सुझाव दिन सरकारले गत असारमा ३ सदस्यीय सुझाव समिती समेत गठन गरेको थियो । समितिले सुझाव समेत दिइकेको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.