१४औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल शनिबार हुँदै

  २०७५ असोज ४ गते १९:०८     विकासन्युज

काठमाडौं । १४औँ दरबारमार्ग स्ट्रिट फेस्टिभलको शनिबार आयोजना हुँदैछ । यस कार्यक्रममा इन्डियन र्यापस किङ्ग बादशाहले लाईभ पफर्मेन्स गर्दैछ ।

उक्त कार्यक्रममा नेपालका चर्चीत कलाकारहरु इन्दिरा जोशी, एडरे, एज व्याण्ड, बुगी उगीका टप थ्री तथा नेपाल आइडलका टप थ्री कलाकारहरुको प्रस्तुती रहनेछ । सो फेस्टीलमा खानाका स्टलहरुको साथै किड्स जोन पनि रहनेछ । उक्त दिनमा दर्वारमार्गका आउटलेटहरुमा डिस्काउन्टमा सपिङ्ग समेत गर्न सकिनेछ । यो कार्यक्रम असोज ६ गते दरवारमार्गमा १२ बजेबाट शुरु हुनेछ ।

उक्त कार्यक्रममा टीभीएस एनटर्कका पहिलो ५० जना ग्राहकहरुले बादशाहसँग भेट्ने अवसर प्राप्त गर्नेछन् । साथै कार्यक्रमको आकर्षणको रुपमा मिरर डान्स, रक क्लाइम्वीङ्ग रहने छ र एक जना भाग्यसाली दर्शकलाई बम्पर प्राइज स्वरुप टीभीएसको एनटर्क स्कुटर प्रदान गर्नेछ ।

फेस्टीबलमा आएर सुन्दर सँगीतमा रामाउदै, उत्कुष्ट खानाको स्वाद लिनको लागि टीभीएसले आवहान गरेको छ । सो कार्यक्रमको इन्ट्री फि निशुल्क गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.