कल्याणी खड्का बनिन् विकास तथा प्रबिधि समिति सभापति

  २०७५ असोज ४ गते १४:४३     विकासन्युज

काठमाडौं । संसदको विकास तथा प्रबिधि समितिको सभापतिमा कल्याणी खड्का चयन भएकी छिन् । समितिको निर्वाचनका लागि खड्काको मात्रै मनोनयन दर्ता भएको हो ।

संसद सचिवालयका अनुसार इन्दु कुमारी शर्मा प्रस्तावक र गणेश पहाडीको समर्थनमा खड्काले उम्मेदवारी दर्ता गरेकी हुन् । नेकपाले खड्कालाई समिति सभापति बनाउने निर्णय गरेको थियो । पार्टी निर्णयसँगै खड्का समितिको सभापति बन्ने सुनिश्चित भैसकेको थियो ।

खड्कालाई शुक्रबार निर्वाचित घोषणा गरिनेछ । निर्वाचनका लागि बिहान ११ बजे समितिको बैठक बोलाईएको छ । नेकपाको केन्द्रिय सदस्य समेत रहेकी खड्का रौतहटबाट समानुपातिक सांसदमा निर्वाचित भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.