वायुसेवा निगमका कर्मचारी सबैभन्दा धेरै तलब खाने छन: मदन खरेल

  २०७५ असोज १ गते १९:१४     विकासन्युज

काठमाडौं । नेपाल वायु सेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष मदन खरेलले सोमबारदेखि कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्दै खरेलले निगमका कर्मचारीहरुलाई सबैभन्दा धेरै तलब खाने वातावरण बनाउने बताएका छन् ।

खरेलले निगममा काम गर्ने सबै जनाको हैसियत समान रहको र संस्था विकासका लागि एकजुट भएर अघि बढ्नु पर्ने बताए । उनले भने एनएसीको कर्मचारी सबैभन्दा धेरै तलब सुविधा खाने कर्मचारी हुनेछ त्यसका लागि मैले काम गर्नेछु । उनले अब एनएसीले जहाज थप्दै जानु पर्ने र आफ्नो कार्यकालमा कर्मचारीहरुले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

खरेललाई स्वागत गर्दै प्रवन्ध निर्देशक सुगतरत्न कंशाकारले आफु खरेलको सल्लाहकार बन्न तयार रहेको बताए । नेपाल विश्वमै सबैभन्दा हवाई भाडा महंगो भएको देश भएको बताउँदै यसमा एनएसीले भाडा घटाउन हिम्मत गर्नुपर्ने बताए । खरेल एनएसीको नयाँ सदस्य भएर आउनुमा कुनै विवाद नरहेको र मन्त्रालयले गरेको निर्णय सबै कर्मचारीले सम्मान गर्नुपर्ने बताए ।

स्वागत कार्यक्रममा बोल्दै आधिकारीक ट्रेड युनियनका अध्यक्ष सुभाष डाँगीले नयाँ जहाज थप्ने विषयले वर्षेनि विवाद थपेको बताउँदै एकै वर्ष धेरै जहाज थप्ने निर्णय गर्नु पर्नेमा जोड दिए । उनले नव नियुक्त अध्यक्षले कर्मचारीलाई खुशी पारेर काम गर्ने वातावरण बनाउने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.