तपाईलाई औषधी चाहियो ? डाक्टरको शिफारिश पठाउनुस् तुरुन्त घरैमा आइपुग्छ

  २०७५ भदौ ३१ गते १७:४२     राजाराम न्याैपाने

काठमाडौं । तपाईलाई औषधी पसलसम्म पुग्न गाह्रो भएको छ ? अब चिन्ता नर्गनुस् अर्डर गर्नसाथ आफुले मागेको औषधी तुरुन्तै घरैम आईपुग्ने छ । डाक्टरको शिफारिश पठाउन साथ एटीएम फार्मेशी मार्केटिङ प्राइभेट लिमिटेडले औषधी घरमै डेलिभरी गरिदिन्छ ।

यसका लागि डाक्टरको शिफारिश भने चाहिन्छ । अनलाइन फारम, इमेल, भाइबर र फोनको माध्यबाट डाक्टरको शिफारिश पठाएपछि तुरुन्त औषधी घरैमा डेलिभरी गरिदिने एटीएमका प्रबन्ध निर्देशक रञ्जित साहले बताए । यस्तो सेवा नेपालमै पहिलो पटक भएको उनले सुनाए ।
उनका अनुसार एटीएम मार्फत औषधीको मूल्य र आइपुग्न लाग्ने समयको बारेमा जानकारी गराइन्छ । कम्पनीले औषधी डेलिभरी सेवा निःशुल्क गरेको छ । अहिले १ हजार ५०० रुपैयाँ बराबरको औषधी मगाउँदा सोही रकम बराबरको स्वास्थ्य जाँचको कुपन पनि दिने गरेको उनले सुनाए । “अन्य फर्मेसीमा औषधी किन्दा छुट दिँदैन । १० प्रतिशत छुटका साथ अर्डर गरेको केही समयपछि घरमा आइपुग्ने व्यवस्था गरेका छौं” उनले भने । एटीएमले ५०० रुपैयाँभन्दा बढीको औषधी मात्र डेलिभरी गर्ने छ ।

“१० प्रतिशत छुट दिएर घरमा नै औषधी पुर्याउने काम एटीएम फार्मेसीले मात्रै गरिरहेको छ” उनले भने “हामीले थोरै नाफा लिएर निःशुल्क डेलिभरीको काम गरिरहेका छौँ ।” भारतमा जचाएर आएका बिरामीहरुले भारतमा नै प्रयोग गरेको औषधी खोजीरहेका हुन्छन् तर ती औषधीहरु नेपालमा नपाउने भएकाले डेलिभरीमा समस्या भएको उनको भनाई छ ।

एटीएमले नेपालमा बिक्री हुने सबै औषधीहरु बिरामीको घरमा नै पुर्याउने गरेको छ । औषधी होम डेलिभरी गरिसकेपछि मात्रै पैसा लिने गरेको साहले जानकारी दिए । उनका अनुसार एटिएमले दैनिक १५ देखी २० जनालाई औषधीको होम डेलिभरी सेवा दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.